१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो ।
११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै महानगरले शुक्रबारदेखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो ।
जेठ १८ गतेसम्म चल्ने एन्टिजिन परीक्षणमा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका तर परीक्षण नगरेका लगायतलाई समेट्ने तयारी गरिएको छ ।
अबको ५ दिन निम्न स्थानमा एन्टिजिन परीक्षण सञ्चालन हुनेछ ।
source https://www.onlinekhabar.com/2021/05/960879
0 comments:
Post a Comment