९ माघ, काठमाडौं । एट्लेटिको मड्रिडले इन्जुरी टाइममा २ गोल गर्दै स्पानिस ला लिगामा भ्यालेन्सियामाथि उत्कृष्ट पुनरागमन जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले दुई गोलले पछि परेको स्थिति उल्टाएर भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको हो । इन्जुरी टाइममा एन्जल कोरेअ र मारियो हर्मोसोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका हुन् ।
युनुस मुसाहले २५औं र ह्युगो डुराले ४४औं मिनेटमा गोल गरेपछि भ्यालेन्सियाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।
तर दोस्रो हाफमा एट्लेटिकोले पुनरागमन गर्यो । ६४औं मिनेटमा माथेउस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । इन्जुरी टाइमको पहिलो मिनेटमा एन्जल कोरेअले बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी टाइमको तेस्रो मिनेटमा होर्मोसोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।
जितपछि एट्लेटिको २१ खेलबाट ३६ अंकसहित चौथो स्थानमा छ । भ्यालेन्सिया २२ खेलबाट २९ अंकसहित नवौं स्थानमा छ ।
source https://www.onlinekhabar.com/2022/01/1068939
0 comments:
Post a Comment