Wednesday, 3 June 2020

इंग्ल्याण्डविरुद्ध टेष्ट क्रिकेट खेल्ने वेष्टइन्डिज टोली घोषणा

२२ जेठ काठमाडौं । इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि वेष्टइन्डिजको टोली घोषणा भएको छ । वेष्टइन्डिज क्रिकेट बोर्डले बुधबार ज्यासन होल्डरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा दुई नयाँ खलाडीसमेत अटाएका छन् । २२ वर्षीय फास्ट बलर चेमार होल्डर ब्याट्सम्यान एनक्रमाह बोनर पहिलो पटक टिममा पर्न सफल भएका छन् ।

यसैगरी ब्याट्सम्यानद्वय शिमरन हेतमायर र ड्यारेन ब्राभो, फास्ट बलर किमो पलले भने कोरोनाभाइरसको डरका कारण टिममा बोलाउँदा नआएको बोर्डले जनाएको छ ।

यस्तै ११ जना वैकल्पिक खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ ।

इंग्ल्याण्डविरुद्ध २१ दिनमा ३ टेष्ट खेल्नका लागि वेष्टइन्डिजको टोली ८ जुनमा चार्टर्ड फ्लाइटबाट इंग्ल्याण्ड जाने कार्यक्रम छ । त्यसपछि टोली ओल्डट्राफर्ड क्वारेन्टिनमा बस्नेछन् ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले जुलाईमा २१ दिनभित्र ३ टेष्ट गर्ने गरी मंगलबार प्रस्तावित स्थान र मिति सार्वजनिक गरेको छ । यद्यपि बेलायत सरकारले यस प्रस्तावलाई अनुमति दिन बाँकी छ । पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनस्थित अजेज बउलमा शुरु हुने प्रस्ताव छ ।

सिरिजका लागि इंग्ल्याण्डले ५५ खेलाडीलाई बोलाएर तालिम शुरु गरिसकेको छ । वेष्टइन्डिजले पनि प्रशिक्षण शुरु गरिसकेको छ ।

वेष्टइन्डिज क्रिकेट बोर्डले कोरोनाभाइरस महामारीले गर्दा टिमका खेलाडी र स्टाफको ५० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको छ ।

१४ सदस्यीय वेस्ट इन्डिजको टोली

जेसन होल्डर (कप्तान), जर्मेन ब्ल्याकवुड, एनक्रमाह बोनर, क्रेग ब्रेथवेट, शम्राह ब्रूक्स, जोन क्याम्पबेल, रोस्टन चेस, रहकीम कर्नवाल, शेन डोवरिच, चेमार होल्डर, शाई होप (विकेटकिपर), अल्जारी जोशेफ, केमर रोच र रेमोन रिफर ।

वैकल्पिक ११ जना खेलाडी

सुनिल अम्ब्रिस, जोसुवा डा सिल्वा, सानोना ग्याब्रियल, कियोन हार्डिङ्ग, काइल मेयर्स, प्रेस्टन म्याकस्विन, मार्किनो मिन्ड्ले, शेन मोस्ली, एण्डरसन फिलिप्स, ओसन थोमस, जोमेल वारिकन ।



source https://www.onlinekhabar.com/2020/06/870164

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More