१३ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् । पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ जना, महोत्तरीका ३ जना, धनुषाका ४ जना र काठमाडौंको १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार संक्रमितको सिटी भ्यालु १५ देखि ३२ सम्म छ ।
पर्साको ३३ जनामध्ये १० जना पोखरिया नगरपालिका, ३ जना कालिकामाई, वीरगञ्जलगायत ठाउँका छन् । यसअघि पर्सामा ४ सय ५८ जना महिलासहित २ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने ५ सय ८६ जना कोरोनामुक्त भई घर फर्किएका छन् । ३९ महिलासहित १३१ जना आइसोलेसनमा, १ सय ७ जना महिलासहित ८ सय १९ जना बसेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
१९ हजार १ सय ३० जनाको स्वाब संकलन भएकोमा ३ सय ४० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । ३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भइसकेको छ । वीरगञ्जमा दुईवटा कोभिड अस्पताल सञ्चालनमा छन् ।
७० बेड क्षमताको गण्डक कोभिड अस्पतालमा १८ जना महिलासहित ४६ जना उपचाररत छन् । ९ जना आइसियूमा छन् ।
१ सय २० बेड क्षमताको कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा २१ महिलासहित ४६ जना उपचाररत छन् । जसमध्ये २४ जना आइसियूमा छन् ।
source https://www.onlinekhabar.com/2020/08/892563
0 comments:
Post a Comment