Saturday 29 August 2020

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल

१४ भदौ, दाङ । दुई चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ ।

प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/08/892660

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More