Saturday, 3 October 2020

राष्ट्रपति भण्डारीले गरिन् ट्रम्पको स्वास्थ्यलाभको कामना

१८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो ।

भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गरेकी हुन् । आफ्नो सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडसमेत दिएकी छन् ।

सन्देशमा भण्डारीले नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने धारणा व्यक्त गरेकी छन् ।



source https://www.onlinekhabar.com/2020/10/900798

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More