१४ कात्तिक, काठमाडौं । अंक तालिकाको पुछारमा रहेको चेन्नाई सुपर किंग्सले बिहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ ।
१२ म्याचमा ८ जित निकालेर १६ अंक जोडेको मुम्बई यो सिजनको प्लेअफ पुग्ने पहिलो टोली हो । दोहोरो राउन्ड रोविनमा खेलाइएको आईपीएलको ८ मध्ये शीर्षस्थानको चार टीमले प्लेअफ खेल्न पाउँछन् ।
१४ म्याचपछि पहिलो स्थानमा आउने टीम स्वतः फाइनल र दोस्रो स्थानको टीम सेमिफाइनलमा प्रवेश गर्छ । तेस्रो र चौथो स्थानका टीमबीचको विजेताले फाइनल प्रवेशका लागि दोस्रो स्थानको टीमसँग प्रतिस्पर्धा गर्नेछ ।
दुई–दुई म्याच खेल्न बाँकी छँदा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो र दिल्ली क्यापिटल तेस्रो स्थानमा छन् । बैंग्लोर र दिल्लीको समान १४ अंक भए पनि नेट रन रेटमा दिल्ली पछि परेको हो ।
दुई म्याच खेल्न बाँकी रहेको किंग्स इलाभेन पञ्जाब १२ अंकसहित चौथो स्थानमा छ । नेट रन रेटमा पछि परेको कोलकाताको पनि १२ अंक छ भने उसको एउटा मात्रै म्याच बाँकी छ ।
क्रमशः छैठौं, सातौं र आठौं स्थानका सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नाईको समान १०÷१० अंक छ । हैदरावाद र राजस्थानले दुई–दुई र चेन्नाईले लिग चरणको एक म्याच खेल्न बाँकी छ ।
शुक्रबार पञ्जाब र राजस्थान भिड्दैछन् ।
source https://www.onlinekhabar.com/2020/10/906273
0 comments:
Post a Comment