Monday, 26 October 2020

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

११ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।

यो पनि पढ्नुहोस बीपी प्रतिष्ठान धरानमा ५० वर्षीय संक्रमितको मृत्यु यो पनि पढ्नुहोस रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

source https://www.onlinekhabar.com/2020/10/905743

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More