१२ कात्तिक, झापा । मेचीनगर नगरपालिका झापाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ ।
कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलेशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।
मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।
source https://www.onlinekhabar.com/2020/10/905863
0 comments:
Post a Comment