१२ कात्तिक, कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिका १ मा सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् ।
मङ्गलबार बन्दगाह निर्माणस्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए ।
मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।
सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गतेदेखि काम शुरु गर्ने जनाइएको छ ।
source https://www.onlinekhabar.com/2020/10/905862
0 comments:
Post a Comment