Friday, 2 October 2020

बहराइनका राजकुमारसहितको टोलीले चढ्यो लोबुचे हिमाल

१७ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो ।

यो सिजनको पहिलो आरोहण हो ।

हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।

लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए ।

बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।



source https://www.onlinekhabar.com/2020/10/900697

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More