Saturday, 3 October 2020

जन्मदिनमा परमिता भन्छिन्–‘भौतिकबादी चिजले दिने खुशी क्षणिक रहेको वुझेँ’

नायिका परमिता आर एल रानाले आफ्नो २७ औं जन्मदिन पखोला गाउँमा रहेको श्री कालीदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग मनाएकी छिन् । उनले विद्यार्थीहरुलाई पुस्तक, कपी, कपडा वितरण गरेकी थिइन् ।

परमिताले विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफ्नो मन खुशी भएको र उनीहरुलाई देखेर आफू शान्त भएको पनि उल्लेख गरेकी छिन् । परमिता भन्छिन्–‘मैले पछिल्ला केही महिनाहरुमा भौतिकवादी चिजहरुले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महशुश गरे । र आखिरमा हाम्रो जीवनमा यसले केही महत्व नै राख्दैन भन्ने वुझेँ । मरेर लैजानु केही पनि छैन । सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सेवा नै सवैभन्दा ठूलो धर्म हो । म मेरो जीवनको उद्देश्य भेट्याउँदै छु र यसैतर्फ लम्किदै छु ।’

नायिका रानाले आफूले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने निर्णय गरेकी छिन् ।



source https://www.onlinekhabar.com/2020/10/900716

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More