नायक प्रदिप खड्काले निर्देशन दिनेश राउतको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा काम गर्दैछन् । यो चलचित्रमा प्रदिप खड्का विल्कुल फरक शैलीमा देखिदैछन् ।
निर्माणपक्षले चलचित्रको नाम ‘प्रकाश’ राखेको छ । प्रकाशले दुर्गम भेगको एक पात्र मार्फत कथा भन्ने बताइएको छ । दुर्गम भेगको एक पात्रले देख्ने सपनाको कथामा यो चलचित्र बन्ने छ ।
यो चलचित्रमा कथा, पटकथा तथा संवाद विकास सुवेदीले लेखिरहेका छन् । लेखक सुवेदीले एक बर्षसम्म देशका विभिन्न भेगमा पुग्ने क्रममा कर्णाली पुग्दा आफूले देखेको सपनालाई पर्दामा देखाउन खोजेको बताएका छन् ।
यो चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहनेछ भने कार्यकारी निर्माताको रुपमा विकास सुवेदी नै रहनेछन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन रहनेछ । चलचित्रका कास्टिङ डिरेक्टर अनुप बराल हुन् ।
प्रदिपले यही चलचित्रका लागि पोखरामा रहेर अनुपसँग अभिनयको कक्षा पनि लिइरहेका छन् । चलचित्रका लागि नायिका तय भैसकेकी छैनन् । सरकारले अनुमती दिएको खण्डमा तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने योजना यसको निर्माणपक्षको छ ।
source https://www.onlinekhabar.com/2020/10/905313
0 comments:
Post a Comment