बडो चिसो छ शहर
उदास आँखाहरू गरिरहेछन् ओहोरदोहोर
अझै उडिरहेछन् सपनाका पछीहरू गगनमा
तर, फर्किने टुङ्गो छैन तिनको– फेरि यही शहर
बडो चिसो छ शहर ।
न्याना मनहरू कहाँ गए? अब त्यो स्नेह कहाँ गयो ?
फर्किन्थे चरा गुँडमा, तिनको झुण्ड खोई कहाँ गयो ?
बडो धुम्म छ शहर,
हतास मनहरू गरिरहेछन् ओहोरदोहोर
अझै उडिरहेछन् सपनाका पछीहरू गगनमा
तर, फर्किने टुङ्गो छैन तिनको– फेरि यही शहर,
बडो चिसो छ शहर ।
सपनाका फूल, सपनाका बेलुन, सपनाकै खेलौना
आएको थियो बेच्न कोही, त्यो जादूगर कहाँ गयो ?
बडो रित्तो छ शहर,
निराश मनहरू गरिरहेछन् ओहोरदोहोर
उडिरहेछन् अझै सपनाका पछीहरू गगनमा
तर, फर्किने टुङ्गो छैन तिनको– फेरि यही शहर,
बडो चिसो छ शहर ।
source https://www.onlinekhabar.com/2020/10/905446
0 comments:
Post a Comment