Friday, 23 October 2020

धनुषामा कोरोना संक्रमित महिलाको मृत्यु

८ कात्तिक, जनकपुरधाम । कोरोना संक्रमण पुष्टि भएर धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीया महिलाको शनिबार बिहान २ बजेतिर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ज्वरो आएर सास लिन कठिनाइ भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । उनको शुक्रबारै स्वाब लिएर परीक्षण गर्दा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

उनका अनुसार महिलामा उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको थियो ।

योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।



source https://www.onlinekhabar.com/2020/10/905333

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More