८ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनमा मस्तिष्कसम्बन्धी समस्या थियो ।
उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
source https://www.onlinekhabar.com/2020/10/905312
0 comments:
Post a Comment