१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।
दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’
वार्ता स्थान गोप्य राखिएको छ ।
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021
source https://www.onlinekhabar.com/2021/03/934988






0 comments:
Post a Comment