Tuesday, 23 March 2021

‘सर्लाही स्वर्णिम सम्मान’मा निखिलदेखि शिवसम्म सम्मानित

वरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशको विभिन्न स्थानमा रहेर काम गरिरहेका स्थापित श्रष्टा, कलाकार, पत्रकार तथा खेलाडीलाई सम्मान गरेको छ । ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिएर आयोजना गरिएको कार्यक्रममा दर्जनौ कलाकार तथा पत्रकार सम्मानित भएका थिए । सम्मानित व्यक्तिहरुलाई टायरगाढामा राखेर नगर परिक्रमा समेत गरिएको थियो ।

कार्यक्रममा साहित्यकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, कलाकार पवन मैनाली, निर्देशक प्रदिप भट्टराई, संझना उप्रेती रौनियार, पूर्णेन्दु झा, गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, यश कुमार, संगीतकार टिका बम्जन, रंगकर्मी विजय बराल, कलाकार शिवशंकर रिजाल, कविता नेपाली, राष्ट्रिय खेलाडी लेखनाथ मैनाली, रीता कार्की मैनाली, गंगा कुशवाह, पत्रकार दिवाकर मैनाली, नरेश भट्टराई, प्रदिप कार्की, सरोज गिरी लगायत सम्मानित भएका थिए ।

नविन गिरी र नविन यादवले यो कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रममा नायक निखिल उप्रेती, गायकद्धय शिव परियार र कमल खत्री, वुगी वुगीकी विजेता कविता नेपालीसँग सेल्फी खिच्न स्थानिय जनता उत्साहित देखिएका थिए ।

कार्यक्रममा गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, शिवशंकर रिजाल, टिका बम्जनले गीत गाउँदा दर्शकले मनोरञ्जन लिएका थिए । यो कार्यक्रमले आगामी बर्ष पनि निरन्तरता पाउने संयोजक नविन गिरीले जानकारी दिएका छन् ।



source https://www.onlinekhabar.com/2021/03/940223

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More