Wednesday, 3 March 2021

विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित

२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ ।

कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ ।

‘हामीले धेरै प्रयास गर्‍यौं, उनीहरुको स्वास्थ्य जाँच गरायौं, नजिकैको मन्दिरमा पाठपुजा गर्‍यौं, धामीझाँक्रीलाई सोध्यौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर खड्का भन्छन्, ‘तर पनि उनीहरुको समस्या निको भएन ।’ ति छात्राहरु बिद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेको तर विद्यालयबाट फर्केपछि आफैं ठीक हुने गरेको अध्यक्ष खड्काले बताए ।

यस्तो समस्या आएपछि विद्यालयले एकजना स्वास्थ्यकर्मी नै राखेको छ । स्वास्थ्यकर्मीले पनि छात्राहरुमा देखिएको समस्याबारे पत्ता लगाउन सकेका छैनन् । ‘ती १२ जना छात्राहरुमात्रै बेहोस भइरहेका छन्,’ अध्यक्ष खड्का भन्छन्, ‘एक महिनादेखि न संख्या बढ्छ, न घट्छ ।’

उनले ती छात्राहरुका अभिभावकहरुलाई बोलाएर उनीहरुको उपचार गराउन सल्लाह दिएको बताए । उनले भने, ‘ती छात्राहरु विद्यालयमै भएपछि अन्य विद्यार्थीहरुको पढाइ पनि बिगि्रने भएपछि उनीहरुलाई केही दिन विद्यालय नआउन भनेका छौं ।’

उनीहरुमा माक्स कन्भजन डिस्अर्डर जस्तो समस्या देखिए दुर्गामाण्डौं स्वास्थ्य चौकी वायलका इन्चार्ज भीष्मराज पाण्डे बताउँछन् । उनले यो मानसिक रोग भएकाले उनीहरुलाई सान्त्वनाको जरुरत रहेको बताए ।

विद्यार्थीलाई मनोसामाजिक बिमर्शबाट उनीहरुको मनोबल बढाउन सके समस्याको समाधान हुने पाण्डेको भनाइ छ ।

विद्यालय गएपछि उक्त समस्या देखिने गरेको भएपनि घर फर्केपछि आफूहरु पूर्ण स्वस्थ हुने गरेको छात्राहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/03/935251

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More