२९ पुस, काठमाडौं । क्यानडाको क्युबेक प्रान्तले कोरोनाविरुद्धको खोप नलगाउनेहरुले अतिरिक्त कर तिर्नुपर्ने नयाँ नियम लागू गरेको छ ।
खोप नलगाउनेले अतिरिक्त कर तिर्नुपर्ने नियम बनाउने क्युबेक पहिलो प्रान्त बनेको छ ।
क्युबेक प्रान्तका प्रमुख प|mाँस्वा लेगाल्टका अनुसार करिब १० प्रतिशत व्यक्तिले खोप लगाएका छैनन् । खोप नलगाएकाहरुले अन्य नागरिकका लागि खतरा बढाएको र स्वास्थ्य सन्जालमा दबाब बढाएको भन्दै कोरोना खोप नलगाउनेहरुले अतिरिक्त कर तिर्नुपर्ने नयाँ नियम बनाइएको हो ।
यद्यपि खोप नलगाएकाहरुले कहिलेदेखि कति प्रतिशत कर तिर्नुपर्छ भनेर लेगाल्टले भनेका छैनन् । तर उनले खोप लगाउन प्रेरित गर्ने गरी कर लगाइने बताएको बीबीसीले जनाएको छ ।
कोभिड संक्रमणका कारण क्युबेकका अस्पताल भर्ना भएका ५० प्रतिशत विरामीले कोरोना विरुद्धको खोप नलिएको पाइएको छ ।
source https://www.onlinekhabar.com/2022/01/1065086
0 comments:
Post a Comment