Sunday, 2 January 2022

चेल्सी र लिभरपुलको रोमाञ्चक बराबरी

१९ पुस, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले दुई गोलको अग्रता लिए पनि जोगाउन सकेन । चेल्सीले घरेलु मैदानमा पुनरागमन गर्दै अंक खोस्यो । चारै गोल पहिलो हाफमा भएको थियो ।

खेलको नवौं मिनेटमै साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

तर चेल्सीले पहिलो हाफको अन्तिम तीन मिनेटमा दुई गोल फर्कायो ।

४२औं मिनेटमा चेल्सीका माटियो कोभासिचले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि पहिलो हाफको इन्जुरी टाइममा क्रिस्टियन पुलिसिचले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवैतर्फ गोल भएन र खेल बराबरीमै सकियो ।

बराबरीपछि चेल्सीले २१ खेलबाट ४३ अंक जोडेको छ । चेल्सी अझै लिग लिडर म्यानचेष्टर सिटीभन्दा १० अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुलको ४२ अंक भएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1060848

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More