Monday, 3 January 2022

दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लाग्यो

२० पुस, काठमाडौं । दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लागेको छ । आइतबार लागेको आगो निभाएको केही घण्टापछि फेरि आगलागी भएको बीबीसीले जनाएको छ ।

सोमबार भवनको छतमा आगोको लप्का देखिएको थियो । अग्नि नियन्त्रकहरुले दमकलको सहायतामा आगो निभाएका छन् ।

सबैभन्दा पहिले आइतबार लागेको आगोले नेश्नल एसेम्बली अर्थात् तल्लो सदन जलेर क्षतिग्रस्त भएको थियो । आगलागीमा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

उनीमाथि आगजनी, चोरी र तोडफोडको मुद्दा चलाइएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1061237

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More