Friday, 7 January 2022

दाङमा बाघको छालासहित ४ जना पक्राउ

२४ पुस, दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका- १ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका -२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका- ३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए ।

बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।



source https://www.onlinekhabar.com/2022/01/1063037

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More