Wednesday, 1 November 2023

दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई हरायो, पाकिस्तानलाई फाइदा ?

काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो ।

जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यसअघि टस जितेको न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दियो ।

उसको निर्णय तब गलत लाग्न थाल्यो, जब क्विन्टन डी कक र रासी भानडेर डुसनले दोस्रो विकेटका लागि २०० रनको साझेदारी गरे । दुबैले शतक बनाए । रासी भानडेरले १३३ र डीकलले ११४ रन बनाए ।

डेभिड मिलर, हेनरिक क्लासन र एडिन मार्करमले तीव्र गतिमा रन जोडे । मिलरले ३० बलमा ५३ रन बनाएपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनायो ।

पाकिस्तानलाई लाभ ?

जित पाकिस्तानलाई सेमिफाइनलको रेसमा रहिराख्न दक्षिण अफ्रिकाको जित महत्वपूर्ण रह्यो ।

पाकिस्तानले ७ खेलबाट ६ अंक जोडेको छ । यदि न्यूजिल्याण्डले यो खेल जितेको भए पाकिस्तानको सेमिफाइनल सम्भावना कठिन हुने थियो । तर हारपछि न्यूजिल्याण्डको ८ अंक मात्र रह्यो र, उसले आउने खेल पाकिस्तानसँग नै खेल्नुपर्नेछ ।

यदि पाकिस्तानले त्यो खेल जित्यो भने अंक बराबरी हुन्छ । यत्तिले मात्र सेमिफाइनलमा भने पुग्दैन, बाँकी दुई खेलमा पनि ठूलो अन्तरले जितेर रन रेट बढाउनु पर्नेछ ।



source https://www.onlinekhabar.com/2023/11/1387044

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More