Thursday 28 May 2020

विद्युतीय सवारीमा बढ्यो कर, यसरी बढ्नेछ मूल्य

१६ जेठ, काठमाडौं । सरकारको नीति छ, आगामी आर्थिक वर्षमा विद्युतको उपभोग उच्च दरमा बढाउने । त्यसका लागि विद्युतीय सवारीको प्रवद्र्धन गर्ने सरकारी योजना पनि छ । तर, बजेटले भने विद्युतीय सजवारीमा ब्यापक कर वद्धि गरेर आफ्नै योजनामा भाँजो हानेको छ ।

बिहीबार संसदमा प्रस्तुत आगामी आर्थिक बर्ष २०७७/०७८ वर्षको बजेटमा विद्युतीय सवारी आयात गर्दा लाग्ने भन्सार र अन्तशुल्क दरमा ब्यापक वृद्धि गरिएको हो । यसले विद्युतीय मोटर भएका बसदेखि जीप तथा कार थप महंगो हुने भएका छन् ।

सरकारले सबै खालका विद्युतीय कारहरुमा ८० प्रतिशतसम्म भन्सार लगाउने भएको छ । तीन पांग्रे विद्युतीय सवारीको हकमा भने ३० प्रतिशत मात्रै भन्सार शुल्क तोकिएकाे छ । तर, त्यसमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएकाले आपूर्ति गर्दा ४० प्रतिशत भन्सार तिर्नुपर्ने भएको छ ।

सरकारले विद्युतीय सवारीमा मोटरको क्षमताअनुसार ५ देखि ८० प्रतिशतसम्म नै अन्तशुल्क लगाउने गरी आर्थिक विधेयक ल्याएको छ ।

सरकारले निजी प्रयोगमा ल्याइने विद्युतीय कारमा एकमुष्ठ रुपमा ८० प्रतिशत भन्सार शुल्क लगाउने भएको छ ।

यसअघि सरकारले खरिद मूल्यको १० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक दस्तुर लिँदै आएको थियो । सरकारले विद्युतीय कारमा भन्सार छुट दिएकाले विद्युतीय गाडी किन्नेहरु विस्तार आकर्षित हुँदै आएका थिए ।

यसअघि लाग्दै विद्युतीय कार आयातमा आएको १० प्रतिशतको अन्तशुल्कलाई ८० प्रतिशतसम्म बनाएको छ । ५० देखि १०० किलोवाटसम्मको मोटर भएका जीप तथा कारको मूल्यमा ३० प्रतिशत अन्तशुल्क लाग्नेछ ।

१०० देखि १५० किलोवाटसम्मको मोटर भएका सवारीलाई ४०,१५० देखि २०० किलोवाटसम्मको मोटर भएकालाई ५० प्रतिशत र २०० देखि ३०० किलोवाटसम्मको मोटर भएका गाडीमा ६० प्रतिशत अन्तशुल्क लाग्नेछ । मोटरको पिकआवर ३०० कमिलेवाटभन्दा बढी भएमा ७० प्रतिशतभसा अन्तशुल्क लाग्नेछ ।

सरकारले २५ सिट क्षताभन्दा बढीको सवारीमा ५ प्रतिशत मात्रै अन्तशुल्क लगाउने भएको छ । त्यसभन्दा साना क्षमताका विद्युतीय बसहरुको अन्तशूल्क ५५ प्रतिशतसम्म कायम छ । सरकारले विद्युतीय सवारीको आायतमा यसपटक १ प्रतिशत सडक दस्तुर पनि बढाएर ५ प्रतिशत बनाएको छ ।

कसरी बढ्छ विद्युतीय कारको मूल्य ?

नेपालमा अहिले १ करोडमा विक्री भइरहेको विद्युतीय कारमा अबस कसरी मूल्य बढ्छ भन्ने एउटा उदहारण हेरौं । नेपालमा १ करोड पर्ने विद्युतीय कार अहिले ४९ हजार पाउन्डमा विदेशी बजारमा किनिन्छ । आजको एक्सचेन्ज रेटलाई आधार यसको मूल्य कम्पनीमा ७२ लाख ५२ हजार रुपैयाँ पर्छ ।

अब सरकारले ल्याएको करको दरअनुसार यसमा ८० प्रतिशत भन्सार लाग्छ । अर्थात् अब यसमा ५८ लाख १ हजार रुपैयाँ भन्सार लाग्छ । तर, त्यसमा आधा छुट दिइएकाले २९ लाख रुपैयाँ भन्सार जोडिन्छ ।

थप ६० प्रतिशत अन्तशुल्क पनि लाग्छ । अर्थात् अब यसमा ४३ लाख ५१ हजार रुपैयाँ मूल्य थपिन्छ । यसअनुसार भन्सार अन्तशुल्क तिर्दा यो गाडी को मूल्य १ करोड ४५ लाख पुगिसक्छ । यो मूल्यमा ५ प्रतिशत सडक दस्तुर शुल्क जोड्दा ७ लाख २५ हजार थप हुन्छ । त्यसबाहेक १३ प्रतिशत भ्याट पनि जोड्नुपर्छ । यसअनुसार १८ लाख ३५ हजार भ्याट जोडिन्छ । यो सवारीको मूल्य भन्सार विन्दु पार गर्दासम्म करिब १ करोड ७० लाख ६२ हजार आयातकर्ताले खर्च गरिसक्छ ।

यसमा २० प्रतिशत नाफा राखियो भने ३४ लाख १२ हजार थपेर मात्रै मूल्य कायम हुन्छ । अर्थात् विदेशमा ७२ लाखमा किनेको विद्युतीय कार नेपालमा २ करोड ०५ लाख रुपैयाँमा मात्रै बेच्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2020/05/868610

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More