Friday 29 May 2020

हाभार्टको गोलमा लेभरकुजन तेस्रो स्थानमा

१७ जेठ, काठमाडौँ । काई हाभार्टले गरेको एक मात्र गोल मद्दतमा बायर लेभरकुजनले जर्मन बुण्डेसलिगामा फ्राएवर्गलाई पराजित गरेको छ ।

गएराति भएको एक मात्र खेलमा लेभरकुजन १-० ले विजयी भएको हो । फ्राएवर्गको मैदानमा भउको खेलमा लेभरकुजनका लागि ५४ औं मिनेटमा हाभार्टले गोल गरे ।

जितपछि २९ खेलबाट ५६ अंक जोडेको लेभरकुजन आरबी लाइपजिगलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लाइपजिग ५५ अंकसहित चौथो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/05/868857

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More