२१ साउन, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ ।
source https://www.onlinekhabar.com/2020/08/887142






0 comments:
Post a Comment