Saturday, 1 August 2020

एएनए कार्यकारी समितिका रिक्त पदमा मनोनित

डिसी । उत्तर अमेरिकाकै सशक्त राष्ट्रिय स्तरको एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए)को कार्यकारी समितिमा रिक्त रहेका पदमा अध्यक्ष खगेन्द्र अधिकारीले संस्थामा अनुभव बटुलेका र योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई मनोनित गरेका छन् ।

अगस्त १, २०२० का दिन अध्यक्ष अधिकारीले एक छापा विज्ञप्ति जारी गर्दै कार्यकारी समितिमा रिक्त रहेका पदहरु र अमेरिकामा अधिवक्ता लगायत विभिन्न पेशामा रहेका व्यक्तित्वहरुलाई मनोनित गरेको जानकारी दिएका छन् ।

एएनए कार्यकारी समितिको रिक्त रहेको पदमा वरिष्ठ उपाध्यक्षमा क्यालिफोर्नियाका मुकुन्द ढुंगाना, पूर्वीय क्षेत्रका लागि उपाध्यक्षमा बाल्टिमोर बानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, पश्चिमी क्षेत्रका लागि उपाध्यक्षमा डा. दुर्गा दाहाल, संचार निर्देशकमा मेरिल्याण्डका सिपिए लक्ष्मण प्रधान तथा सह-सचिवमा नर्थक्यारोलाइनाका शैलेन्द्र केसी (डिजे गोर्खाली खत्री)लाई मनोनित गरेका छन् ।

अध्यक्ष अधिकारीले लक्ष्मण प्रधानलाई प्रवक्ताको रुपमा समेत मनोनित गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी अध्यक्ष अधिकारीले सल्लाहकारहरुमा न्यूयोर्कबाट अधिवक्ता बासु फुलारा, भर्जिनियाबाट अधिवक्ता बन्दिता शर्मा दाहाल, न्यूयोर्कबाट योगेन्द्र जोन्छे तथा मेरिल्याण्डबाट मगन देवी श्रेष्ठलाई मनोनित गरेका छन् ।

नयाँ नियुक्तिसँगै अबको एएनएले नयाँ गति लिने र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुको प्रवेशले अझ नयाँ सोचका साथ कामहरु हुने अपेक्षा गरिएको छ ।

गत जुलाई २६ का दिन अध्यक्ष अधिकारीको सभापतित्वमा बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय गर्दै सर्वसम्मतिबाट अनुमोदन गरेको छ । अध्यक्ष अधिकारीले संस्थामा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै उत्तरी अमेरिकी नेपाली समुदायमा उहाहरुको सेवाका लागि धन्यवाद दिएका छन् ।

सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रिय स्तरको मुनाफारहित सामाजिक संस्था हो । स्थापनाकालदेखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक विषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2020/08/886341

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More