Tuesday, 4 August 2020

फेरान टोरेस म्यानचेष्टर सिटीमा

२१ साउन काठमाडौं । इंग्लिस क्लब म्यान्चेष्टर सिटीले भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको छ ।

प्रिमियर लिग क्लब सिटीले स्पानिस क्लब भ्यालेन्सियाबाट टोरेसलाई २३ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

उनी समर ट्रान्सफरमा सिटीमा अनुबन्ध हुने पहिलो खेलाडी हुन् । सिटीले जर्मन फरवार्ड लिरो सानेको स्थानमा टोरेसलाई लिएको हो । साने जुलाई ३ मा बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख गएका थिए ।

२० वर्षीय विंगर टोरेसले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् ।

‘हरेक खेलाडी आक्रमक टिममा समावेश हुन चाहन्छ र म्यान्चेष्टर सिटी विश्वको उत्कृष्ट आक्रमक टिम हो,’ सिटीमा अनुबन्ध भएपछि टोरेसले भनेका छन्, ‘म सिटीमा जोडिन पाउँदा धेरै खुसी छु ।’

यस्तै सिटीका निर्देशक ट्याक्सी बिगिरिस्टेनले भनेका छन्, ‘हामीले उनको प्रगतिलाई नजिकबाट नियोलेका छौँ र हामी धेरै प्रभावित छौँ ।’

‘उनी युवा छन् र अझै विकास हुने क्रममा छन् । तर उनी प्राविधिक रुपमा त्यस्ता छन् जुन हामीले विंगरका लागि हेरेका थियौं । उनी तीव्र छन् । पासहरु निकाल्न सक्षम छन् । उनी खेल जित्न निर्णायक भूमिका खेल्न सक्छन्,’ उनले भने ।



source https://www.onlinekhabar.com/2020/08/887134

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More