Monday, 24 August 2020

वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

९ भदौ, वीरगन्ज । कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको सोमबार बेलुकी पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

सुपौली घर भएका उनलाई आइतबार राति गण्डकमा भर्ना गरिएको थियो । त्यसको केही घण्टामै मृत्यु भयो ।

मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा पुगेका उनलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । एक्सरे गरेर हर्दा निमोनिया देखिएपछि गण्डकमा रिफर गरिएको थियो ।



source https://www.onlinekhabar.com/2020/08/891838

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More