Monday, 24 August 2020

सिन्धुपाल्चोकका बाढी पहिरोबाट बिस्थापितलाई स्थानान्तरण गरिने

९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकका बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सोमबार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा भएको समझदारीअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरुको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने छ ।

यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यवस्था गर्ने छ ।

यस्तै जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यवस्था गरिदिने छ ।

छलफलमा जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम यथाशीघ्र निकासा गर्ने, सिन्धुपाल्चोकमा विस्थापितहरुको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउने निक्र्यौल गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सिन्धुपाल्चोक क्षेत्र नं. २ का सांसद शेरबहादुर तामाङ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, सिन्धुपाल्चोकका नेता तथा बाढी पहिरो प्रभावित स्थानीय तहका प्रमुखहरुको सहभागिता थियो ।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्  ।



source https://www.onlinekhabar.com/2020/08/891794

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More