Monday, 3 August 2020

कोशी अस्पताल विराटनगरमा उपचाररत एक पुरुषको मृत्यु

२० साउन, काठमाडौं । कोशी अस्पताल विराटनगरमा उपचाररत उदयपुरका एक पुरुषको मृत्यु भएको छ ।

स्वास प्रश्वासमा समस्या भएपछि राति अस्पताल पुर्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भइरहेको छ । उपचारका लागि विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृत्यु भएको डाक्टर दासले बताए ।



source https://www.onlinekhabar.com/2020/08/886861

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More