Sunday, 2 August 2020

आधुनिकतामा हराउँदै चाडपर्व

आज जनै पूर्णिमा, क्वाटी खाने दिन, रक्षा बन्धन र संस्कृति दिवस पनि । पछिल्लो समय हामी आधुनिक हुने बाहानामा हाम्रा कयौ चाड पर्बलाई बेवास्ता गरिरहेका छौ । अनेकौ व्यस्ततामा कसले याद गर्छ अनेक थरिका दिन भन्ने त हाम्रो साझा बाहाना नै भैहाल्यो । तर यो सबैको विचमा पनि कैहिलेकाहि आउने यस्तो पर्वलाई याद मात्र गर्ने हो भने पनि मनमा एक किसीमको उर्जा पलाउन थाल्दछ । अन्य महिना भन्दा यो श्रावण महिनालाई अझै चाडवाडको महिना मान्न सकिन्छ ।  साउने सक्रान्तीबाट सुरु हुने महिना शिवको उपासनाको महिना पनि हो ।

अहिले समाज यति परिवर्तन भैसकेको छ की यदि फोटो खिच्न मिल्ने चाडवाडलाई हो भने हामी धुमधामसँग मनाउछौ र त्यसको फोटो सामाजिक सन्जालमा पोस्ट गर्न पनि भ्याईसकेका हुन्छौ वा भनौ फोटो पोस्ट गर्नकै लागि कति चाडवाड याद राख्दछौ । हैन भने वास्ता गर्दैनौ ।

हुन त कतिपय बेलामा यदि हामीले कुन चाडवाड हो भनेर सामाजिक संजालमा पोस्ट गर्यौ भने मात्र ब्यस्त जीवन बिताईरहेका विदेशमा बसेका नेपाली नागरिकलाई थाहा हुने रहेछ । हैन भने उनिहरुले हाम्रो संस्कृृती बिर्सीदै जान सक्नेछन् ।

यो सबै भनिरहँदा म भने नीकै धर्म कर्म गर्ने मान्छेमा गनिन सक्छु तर यसको मतलब म त्यती विग्न नास्तिक पनि हैन भने आस्तिकै पनि म हैन तर आज म आफुले महसुस गरेको कुरा लेख्न खोज्दैछु । अत भ्याई नभ्याई दौडधुपको जिन्दगीमा हाम्रो समाजले रिफ्रसमेन्टकै लागि भनेनी बनाएको यो सस्कृतिलाई पालना गर्ने हो भने थकीत जिन्दगिमा पनि आनन्दको सास फेर्न पाईन्छ । मान्नुस नमान्नुस आज जनै पूर्णिमा भन्ने वितिकै सवैको दिमाखमा केहि दिन अगाडि नै क्वाटि खानु पर्छ भनेर उत्साहित हुदै गेडागुडी भिजाएर उमार्न समेत हालीसक्यौ । जुन समय तपाईको मनमा आउने उर्जालाई नै तपाईले आनन्द मान्न सक्नु हुनेछ । मान्नुस नमान्नु भोली पुरेत आएर नभए पुरेत भएको ठाउँमा गएर डोरो बाध्नु छ जनै लगाउनु छ भनेर अघिल्लै दिनबाट उत्साहित हुनु हुनेछ यसमा दैनीक गरिने काम जस्तो दिक्दारि पक्कै हुने छैन । अझ फेरिदै आएको संस्कृतिलाई हेर्ने हो भने त आज दाजुभाईलाई राखी लगाएर माग्ने गिफ्टको वारेमा कति दिन अगाडी देखि नै उत्साह हुन पाईन्छ ।

यदि कहिलेकाहि मनाउने यस्ता सामान्य चाडपर्वको हामीले महत्व बुझ्ने मात्र हो भने पनि हाम्रो एक दिन मात्र किन नहोस् त्यसैलाई नै महत्वपूर्ण बनाउन सक्दछौ ।

मलाई एकपटक मेरो बालापनमा फर्किन मन लाग्यो नाग पन्चमी, रक्षा बन्धन जस्ता चाडपर्वका दिनमा घरमा पुरेत आउने भनेर मेरो हजुरबुबा हजुरआमाहरु विहानै उठेर नुहाईधुवाई गरेर पुरोहितलाई दिने सिदाको तयारिका साथ पुरोहितको प्रतिक्षा गर्नुहुन्थ्यो  त्यसो त पुरोहितको प्रतिक्षा हाम्रो घरमा मात्र हैन हाम्रो गाउँमा नै हुन्थ्यो । पुरोहित आएर उहाले टिका लागाएर उहाबाट पाउने आशिर्वादले उज्यालो हुन्थ्यो हाम्रो अनुहार । अझ पुरोहितले बाधिदिएको त्यो डोरिले त सम्पूर्ण समस्याबाट रक्षा गर्छ भन्ने विश्वास थियो हामीलाई कीनकी यो रक्षा बन्धन हो जसमा पण्डितले भाती पुर्याएर पढेको मन्त्रको साथ हुन्थ्यो ।  यो सबै रुढिबढि भने पक्कै हैन यो चलिआएको सस्कृति हो परम्परा हो जसले हाम्रो समाजलाई एकतामा बाध्नुका साथै सकारात्मक उर्जा दिने गर्दछ । तर आज त्यो सबै सम्झनामा मात्र सिमीत छ अहिले पण्डित कुरेर बस्ने भन्दा पनि मन्दिरमा पण्डितले डोरा बाध्न आउने मानिसको प्रतिक्षा गरिरहेका हुन्छन् अझ त्याहाको माहोल नै यस्तो हुन्छ कि पुरोहित हैन त्या व्यापारि र ग्राहकको भिड छ जहा एउटा ग्राहक उम्कियो भने वा भनौ एक जनालाई धेरै समय लागायो भने अर्को छुट्ने हतारले मन्त्र उच्चारण गरेको सुन्न त परको कुरा डोरि पनि पुरा बाध्न भ्याउदैनन् उनीहरु । हामी आधुनिकताका नाममा कता जादैछौ हामीले अलिकति पनि हेक्का राखेका हुदैनौ । जसले गर्दा आधुनिकताका नाममा हाम्रो मौलीक सस्कति मासिदै गईरहेको छ  ।

हाम्रो समाजको सन्दर्भमा चाडपर्वको महत्व

पश्चिमेली संस्कृति अपनाउने क्रममा हामीले कति  आफ्नो सस्कृतीको बहिस्कार गर्दै गईरहेका छौ । हाम्रो समाजले मनाउदै आएका सस्कृती सबै नराम्रा छन् भन्ने हुदैन । सबै सस्कृतीका आ आफ्नै महत्वहरु रहेका छन् । हरेक चाडपर्वको पछाडी केहि न केही पौराणीक कथा लुकेको हुन्छ । जसको सम्मान गर्नु पछिल्लो पिडीको कर्तब्य पनि हुन आउछ । हामीले याद नगरेको चाडपर्वको सबैभन्दा सकारात्मक कुरा भन्न मन लाग्यो याद गर्नु भएको छ पहिला त कुनै चाडपर्व हामीले मनै देखि मनाउदै छौ भने हाम्रो मन प्रफुलीत हुन्छ, अन्य दिनको तुलनामा पुजा पाठ चाडपर्व वा कुनै धर्मको काम गदैछौ  भने हाम्रो मन अन्य दिनको तुलनामा धर्मकर्ममा लागेको दिन प्रसन्न हुने गर्दछ । जब मन प्रसन्न हुन्छ तपाईका धेरै काम सकारात्मक हुने नै छन् ।

हामी नेपाली समाजमा हुर्कियका मानिस हाम्रो कला सस्कृति भेषभुषा रहन सहन अन्य देशको तुलनामा निक्कै अब्बल छ । यही कला सस्कृतिले नै हाम्रो पहिचान जोगाईराखेको छ र त हामीले इज्जतका ससाथ हामी नेपाली हुनुको गर्व गर्न पाएका छौ । आधुनिकताको नाममा आफ्नो पहिचान नभुलौ । आफ्नो कला संस्कृति चाडपर्वको सम्मान गरौ । आज संस्कृति दिवसको सबैमा शुभकामना ।



source https://www.onlinekhabar.com/2020/08/886604

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More