Sunday, 2 August 2020

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ ।

कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।

तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै ननिकालिएको बताए । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ ।

नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।



source https://www.onlinekhabar.com/2020/08/886567

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More