Tuesday, 25 August 2020

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१० भदौ, कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

‘मंगलबार साँझ कोरोना पुष्टि भएका व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेका छौं ।’

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलबार पनि कैलालीको बर्दगोरीयामा मृत्यु भएको १० दिन पछि एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



source https://www.onlinekhabar.com/2020/08/891981

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More