९ कात्तिक, काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र पत्नी लक्ष्मी शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।
आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै शर्माले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका शर्मा होम आइसोलेसनमा छन् ।
शर्माका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बसेका छन् ।
source https://www.onlinekhabar.com/2020/10/905412
0 comments:
Post a Comment