हिमालय टेलिभिजनबाट हरेश शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा एक जोडीको वाइल्र्ड कार्ड इन्ट्री भएको छ ।
यसअघि गत हप्ताको आइतबार एक जोडी यो शोबाट बाहिरिएका थिए । तर, यो साता मुन्नी उपनामले परिचित प्रियना आचार्यको वाइल्र्ड कार्ड इन्ट्री भएको हो । उनका कोरियोग्राफर पार्टनरको रुपमा सुभम भुजेल रहेका छन् । सुभम यसअगाडि दिपा र दमन्ताको कोरियोग्राफरको रुपमा थिए । तर, शोको प्रिमियरमा प्रस्तुति दिएका उनी विशेष कारणवस शोबाट बाहिरिएका थिए । तर, अब उनी नयाँ जोडी प्रियनाको साथमा शोमा प्रवेश गरेका छन् । योसँगै यो शोमा १० जोडी भएका छन् ।
यस्तै यो साताको ‘पर्फमेन्स अफ दि विक’को रुपमा दिपा र दमन्ताको जोडी बनेको छ । उनीहरुले विभिन्न गिफ्ट ह्याम्पर र नगद पुरस्कार प्राप्त गरेका थिए ।
यो शोमा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई रहेका छन् ।
source https://www.onlinekhabar.com/2020/10/905414
0 comments:
Post a Comment