Friday, 2 October 2020

बिराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

१७ असोज, बिराटनगर । बिराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगरकी ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

बिराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या थियो ।



source https://www.onlinekhabar.com/2020/10/900679

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More