Friday, 2 October 2020

भारतबाट भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीको नियन्त्रणमा

१७ असोज, लमही । राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीले दाङबाट नियन्त्रणमा लिएको छ ।

भारतसँग जोडिएको कोइलाबास नाकाबाट मिनी ट्रकमा राखेर भित्राइएका खसीहरु दाङको सशस्त्र प्रहरी बल अर्जुनखोलाले गएराति नियन्त्रणमा लिएको हो ।

रा १ ख १३१५ नम्बरको मिनी ट्रकमा राखेर भित्राइएका ६२ वटा खसी गएराति करिब १० बजेतिर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका एसपी टोपबहादुर खनालले जानकारी दिए ।

उनका अनुसार खसी नेपाल भित्राउने सम्बन्धित व्यक्ति फेला परेका छैनन् । ट्रक र खसीहरु नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको एसपी खनालले जानकारी दिए ।

ती खसीहरु दशैंलाई लक्षित गरी कुनै व्यापारीले भित्राएको हुनसक्ने अनुमान गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/10/900676

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More