Monday, 28 December 2020

आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन कार्यतालिकासम्मको काम

१४ पुस, काठमाडौं । सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ ।

निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको छ । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सो सम्बन्धी काम अगाडि बढिसकेको छ । आयोगले यसपटक सकेसम्म युवा मतदाता नछुटाउने गरी अद्यावधिक गर्न खोजेको छ । त्यसैगरी आयोगले निर्वाचनको कार्यतालिक तयार पार्ने गृहकार्यसमेत सुरु गरेको छ ।

आयोगको कर्मचारी तहले कार्यतालिका तयार पारेपछि आयोगका अध्यक्षसहितको टोलीले त्यसलाई अनुमोदन गरेर अन्तिम रुप दिने छ । ‘हामीले कार्यतालिकाको मस्यौदा तयार पारिरहेका छौ,’ प्रवक्ता श्रेष्ठले भने ।

त्यसैगरी निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरुको बारेमा समेत तयारी गरिएको छ । अहिले कति सामग्री छ, कति खरिद गर्नुपर्ने हो र कति सहयोग माग्ने भन्ने सम्बन्धमा पनि मूल्याङकन भइरहेको छ ।

त्यसैगरी निर्वाचनका लागि आवश्यक बजेटका सम्बन्धमा पनि गृहकार्य भइरहेको छ । यस पटक निर्वाचनका लागि भने खासै नयाँ कानुन नचाहिने र पुराना कानुनले नै निर्वाचन गराउन सकिने आयोगले जानकारी दिएको छ ।

यस अगाडि निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुन बनाउने प्रक्रिया अगाडि बढाए पनि अब त्यो अगाडी नबढ्ने भएको छ ।



source https://www.onlinekhabar.com/2020/12/919572

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More