Tuesday, 17 January 2023

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

४ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने टुंगो लागेको छैन ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुन्छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो लगाइएको छैन ।’

सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।



source https://www.onlinekhabar.com/2023/01/1249682

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More