Tuesday, 5 May 2020

विषालु च्याउ खाँदा चितवनमा एकै परिवारका ५ बिरामी

२३ वैशाख, चितवन । वनबाट ल्याएको विषालु च्याउ खाँदा देवघाट गाउँपालिकाका एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका–५ का ४२ वर्षीय कृष्णबहादुर भुजेल, उनको श्रीमती ४० वर्षीया गौरीमाया, छोरा २१ वर्षीय तीर्थबहादुर, १७ वर्षीय मीनबहादुर र १५ वर्षीय धनलाल रहेका छन् ।

उनीहरू सोमबार बिहान घरनजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी परेका थिए । बिरामी परेपछि उनीहरूलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

बिरामीहरुमध्ये कृष्णबहादुर र धनलाल गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचारकक्षमा उपचार भइरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि शनिबार र आइतबार जिल्लामा १२ जना विषालु च्याउ खाँदा बिरामी परेका थिए ।



source https://www.onlinekhabar.com/2020/05/861024

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More