Sunday, 3 May 2020

आमिर भन्छन्– ‘पिठोमा पैसा राख्ने मानिस म होइन’

बलिउड नायक आमिर खानको बिषयमा केही दिन यता सामाजिक संजालमा एउटा खबर फैलिएको छ ।

भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।

तर, नायक आमिर खानले यो बिषयमा स्पष्टिकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’

नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ ।



source https://www.onlinekhabar.com/2020/05/860701

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More