Sunday, 3 May 2020

विदेशबाट रामेछाप आएका सबैको रिपोर्ट नेगेटिभ

२२ बैशाख, मन्थली । रामेछाप जिल्लामा देश बाहिरबाट आएका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म रामेछापमा १ सय ८६ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बिधिबाट कोरोनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

कर्णका अनुसार मन्थली नगरपालिकामा २४ जना र रामेछाप नगरपालिकामा २६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो । यसैगरी गोकुलगंगा गाउँपालिकामा ४१ जना, खाँडादेवी गाउँपालिकामा ४०, सुनापति गाउँपालिकामा २१, दोरम्बा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा ११, लिखुतामाकोसी गाउँपालिकामा ६ र जिल्ला अस्पतालमा २ जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएको थियो ।

४ जना शंकास्पद विरामीको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइएकोमा उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ । तीमध्ये एक पुरुषको उच्च ज्वरोको कारण मृत्यु भएको थियो । यो परीक्षणसँगै विदेशबाट रामेछाप आएकाहरुको परीक्षण सकिएको प्रमुख कर्णले बताए ।

अहिले जिल्लाका विभिन्न स्थानमा ३० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । दोरम्बा गाउँपालिकामा वैशाख ५ गते काठमाडौँबाट आएका ९ जना र उमाकुण्ड गाउँपालिकामा भारत, काठमाडौंलगायतका स्थानबाट आएका २१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी हालसम्म जिल्लामा ३ सय ३१ शय्या क्वारेन्टाइन र ६१ शय्या आइसोलेसन निर्माण गरिएको छ ।

तर यी क्वारेन्टाइन र आइसोलेनसको गुणस्तर सुधार गर्नुपर्ने जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेन्ट डा. आनन्द आचार्यले बताए ।



source https://www.onlinekhabar.com/2020/05/860702

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More