मानौं तपाईं कुनै घर वा कोठाभित्र एक्लै बस्नुपर्ने भयो । त्यो क्षण तपाईंलाई कस्तो लाग्ने छ ? समय कसरी बित्नेछ ?
धेरैले दिने जवाफ हो, ‘अहो, त्यो संभव नै छैन ।’
एक्लै बस्नुपर्दा मान्छेलाई पट्यारलाग्छ, दिक्क लग्छ । समय कटाउने बाहाना पाउँदैनन् । अक्सर वातचित गरिरहनुपर्ने, भलाकुसारी गरिरहनुपर्ने, रमाइलो गरिरनुपर्ने मन्छेलाई एक्लै बस्दा कस्तो होला ?
सबैको राय मिल्छ भन्ने छैन । तर, कतिपय एक्लो बस्न नै बढी रुचाउँछन् । आफन्त, साथीभाई, भिडभाड भन्दा अलग रहेर आफ्नै दुनियामा मग्न हुन चाहन्छन् ।
अमेरिकी लेखिका एनेली रुफसले ‘पार्टी अफ वनः द लोनर्स म्यानीफेस्टो’ नामक किताब नै लेखेकी छिन् । किताबमा लेखिएको छ, ‘एक्लो रहनु एकदमै आनन्ददायक छ । तपाईं स्वंम आफुमा केन्द्रित रहन सक्नुहुन्छ । तपाईंको सिर्जनसिल क्षमता बढ्छ । मानिससँग बसेर अनावश्यक कुराकानी गर्न, हासीमजाक गर्नबाट बच्नुहुन्छ ।’
त्यसो त कवि, चित्रकार वा सिर्जनशिल मान्छेहरु एक्लोपन रुचाउँछन् । उनीहरु नितान्त एक्लो हुँदा पनि आफैमा रमाइरहेका हुन्छन् । आफैसंग संवाद गरिरहेका हुन्छन् । आफैसँग तर्क-वितर्क गरिरहेक हुन्छन् । एक अध्ययनमा भनिएको छ, ‘आफु स्वंमसँग समय बिताउनु आफ्नो लागि फाइदाजनक छ । यसले रचनात्मक क्षमता बढाउन एकदमै सहयोग गर्छ ।’
जब हामी एक्लो हुन्छौं, तब अनावश्यक झै–झमेला, तनाव, हो–हल्ला आदिबाट मुक्त हुन्छौं । यस्तो अवस्थामा कुनैपनि कुरामा गहिरो चिन्तन गर्न सकिन्छ । बिगतका कुराहरु स्मरण गर्न सकिन्छ ।
साथीहरुसँग दुरी बनाउनु, भोज भत्तेरमा सामेल नहुनु आफैमा फाइदाजनक हुने बताइन्छ । एक्लोपनले आत्माविश्वास समेत बढ्ने उक्त अध्ययनको निष्कर्ष छ ।
किन एक्लोपन ?
कतिपय मान्छेको प्रवृत्ति नै एक्लोपनमा रमाउने हुन्छ । उनीहरु अरुसँग बस्न त्यती रुचाउँदैनन् । यसमा तीन वटा कारण औंल्याइएको छ ।
कोही लजालु हुन्छन्, त्यही कारण उनीहरु अरुसँग घुलमिल हुँदैनन् ।
कतिपय व्यक्ती रसरंग, हो–हल्लामा जान रुचाउँदैनन् ।
कतिपय चाहि यस्ता पनि हुन्छन्, जो मिलनसार भएर पनि एक्लो रहन रुचाउँछन् ।
एक्लोपन र आध्यात्मिक चिन्तन
हिन्दु धर्मदेखि बौद्ध धर्मसम्म, एक्लो रहेर तप गर्नु र चिन्तन मनन गर्नु सल्लाह दिइन्छ ।
जब हामी एक्लो हुन्छौं, हाम्रो मस्तिष्क आरमको मुद्रामा आउँछ । अर्थात मस्तिष्कले आरम पाउँछ । भनिन्छ, यदि मानिस एक्लो रहन्छन् वा एक्लै समय बिताउँछ भने त्यो फाइदाजनक छ ।
तर, समस्या पनि
भिडभाड, रसरंग, भोज भत्तेरमा रमाउन बानी परेका मानिसहरु जब एक्लोपनको शिकार हुन्छन्, त्यो दुखको कुरा हो । एक्लोपनलाई कतिपयले चिन्ता, डिप्रेसनको संकेत भनी भन्ने गरेका छन् । यसलाई भयानक बिरामीको संज्ञा दिइएको छ । एक्लोपनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाउँछ ।
यसले हामीमा असामाजिक मनोवृत्तिको विकास गर्ने जोखिम रहन्छ । समाज वा परिवारबाट टाढा रहेर एक्लै बस्ने प्रवृत्तिले सुख कम र दुःख बढी दिन्छ । समाज, साथीभाई, परिवारसँग घुलमिल वा एकाकार भएर बाँच्दा जति सहज हुन्छ, एक्लो जीवन उत्तिनै कठिन हुन्छ ।
दुखलाग्दो चाहि के भने, अहिले विश्वमै मानिस एक्लोपनको शिकार बन्दैछन् । एक्लोपनबाट मुक्ति पाउनका लागि उनीहरुलाई मनोवैज्ञानिक परामर्श आवश्यक भइसकेको छ । कति त उपचारका लागि धाइरहेका पनि छन् ।
के गर्ने त ?
राम्रो त के भने, मन मिल्दो साथी बनाउनुपर्छ । उनीहरुसँग हामी क्वालिटी टाइम बिताउनुपर्छ । बीच–बीचमा थोरै समय रमाइलोमा बिताउनुपर्छ । स्वंममाथि केन्द्रित रहनुपर्छ । चिन्तन मनन गर्नुपर्छ । यस किसिमको तालमेल बनाउनु नै सबैभन्दा राम्रो हो ।
source https://www.onlinekhabar.com/2020/05/861042






0 comments:
Post a Comment