Tuesday, 26 May 2020

कञ्चनपुरमा ठगी र लापरबाही गर्ने ३५ ब्यापारीलाई कैद तोकियो

१४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको र महामारकिो मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार जनस्तरबाट विभिन्न किसिमले ठगिएको र पसलहरुमा तोकिएको सुरक्षा मापदण्डहरु पालना नभएको गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि ५ गतेसम्म बजार अनुगमन गरिएको थियो ।

‘अरु समयमा हामी आफैंले अनुगमन गर्न मिल्दैन, तर यो ऐनले दिएको अधिकार प्रयोग गरेर महामारकिो सयममा हामीले बजारमा अनुगमन गरेका हौं,’ उनले भने,‘सम्भवतः नेपालमै पहिलोपटक संक्रामक रोग ऐनमा टेकेर हामीले लापरवाही र ठगी गर्नेलाई सजाय पनि तोकेका छौं ।’

विषम परिस्थितिको मौका पारेर मूल्यमा ठग्न खोज्ने, उपभोग्य मिति सकिएको खाद्य पदार्थ बेच्ने, पसलमा ग्राहकबीच सामाजिक दूरी कायम नगराउने, सेनिटाइजर लगायतको प्रवनध नगर्ने ब्यापारीहरु कारवाहमिा परेका हुन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले किराना, एग्रोभेट, मेडिकललगायतका पसलका सञ्चालकहरुलाई कारवाही गरेको हो ।

प्रशासनले एृन अनसार एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकेको छ । समान्य लापरवाही गर्ने १३ वटा फर्मले सय रुपैयाँ जरिवाना तरिेका छन् ।

१७ वटाले गम्भीर त्रुटि गरेकाले सञ्चालकलाई १५ दिनको कैद तोकिएको छ ।अति गम्भीर लापरवाही गरेको ठहर गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको उपाध्यायले बताए ।

‘ऐनको दफा ३ र ४ ले प्रशासनलाई यस्तो अधिकार दिएको छ,’ उनले भने,‘महामारी फैलिने जोखिम बढिरहेका बेला सरकारले जारी गरेको नियम पालना नगर्नेमाथि शुन्यसहनशीलताका आधारमा कारवाही गरेका हौं ।’

को-को परे कारवाहीमा ? 



source https://www.onlinekhabar.com/2020/05/867866

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More