२३ वैशाख, काठमाडौं । भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ ।
कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत् स्वदेश फर्काउन लागेको हो ।
भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुने छ । विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने भारतीय नागरिकहरुको सूची तयार गरिरहेका छन् ।
स्वदेश ल्याइनेहरुसँग भाडा लिइने गृह मन्त्रालयले जनाएको छ ।
Government of India to facilitate return of Indian Nationals stranded abroad.
Process to begin from May 7 in a phased manner.@MEAIndia & @MoCA_GoI to soon share detailed info on their websites.#COVIDー19#IndiaFightsCoronavirus
Press Release
https://t.co/XPYsKYoiJ9 pic.twitter.com/cBrYUKT6Yl
— Spokesperson, Ministry of Home Affairs (@PIBHomeAffairs) May 4, 2020
उडान भर्नुअघि यात्रुहरुको स्वास्थ्य जाँच गरिने छ । कोरोना भाइरस संक्रमणको लक्षण नभएकाहरु मात्रै स्वदेश आउन पाउने छन् ।
भारत आइसकेपछि उनीहरुलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरुलाई उनीहरुको घर जान दिइने छ ।
कोराना भाइरसको संक्रमण रोक्ने उद्देश्यले भारतले २३ मार्चदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । २४ मार्चदेखि सुरु भएको लकडाउन १७ मेसम्म कायम छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै देशहरुले लकडाउन गरेकाले रोजगारी गुमाउनेहरूको संख्या बढीरहेको छ । कतिपय भिसा अवधि सकिएर अलपत्र परेका छन् ।
हाल विदेशमा रहेका नेपालीहरुले पनि आफूहरुलाई स्वदेश फर्काउन माग गरिरहेका छन् ।
source https://www.onlinekhabar.com/2020/05/860963







0 comments:
Post a Comment