Tuesday, 5 May 2020

पूर्वको भेनिस ब्रुनाइ बारेका केही रोचक तथ्यहरु

दुनियाँका हरेक देशहरुका केही न केही आफ्ना मौलिक संस्कृति तथा परम्पराहरु हुन्छन् नै । दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाइका बारेमा समेत विभिन्न अनौठा तथा रोचक तथ्यहरु छन् ।

राजतन्त्रात्मक मुलुक ब्रुनाइ मुस्लिम बहुल मुलुक हो । त्यहाँ अहिलेसम्म पनि महिलालाई मतदानको अधिकार छैन । ब्रुनाइले सन् १९८४ मा बेलायती उपनिवेसबाट मुक्ति पाएको थियो ।

ब्रुनाइमा एउटा अनौठो चलन छ, जुन विश्वका अन्य देशहरुमा शायदै होला । ब्रुनाइमा घरका भित्ताहरुमा पत्नीको तस्वीर टाँग्ने चलन छ । बहुविवाह गरेका पुरुषहरुको घरमा एकभन्दा धेरै पत्नीका तस्वीरहरु टाँगिएका हुन्छन् । महिलाको तस्वीरसँगै घरका भित्तामा राजाको तस्वीर पनि टाँगिन्छ ।

ब्रुनाइमा जनसंख्याको अनुपातमा कारहरुको संख्या निकै धेरै छ । देशमा घरभन्दा कारको संख्या धेरै छ । प्रतिहजार जनसंख्यामा औसतमा ७ सयवटा कार छन् ।

ब्रुनाइका सुल्तानलाई विश्वका सबैभन्दा धनी राजाहरुमध्ये एक मानिन्छ । राजासँग ७ हजारभन्दा धेरै गाडीहरु रहेको खबर सन् २००८ मै सार्वज्निक भएको थियो । राजाका निजी कारहरु सुनजडित छन् ।

ब्रुनाइका राजा हसानल बोल्किह एलिजाबेथ द्धितीयापछि विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राजा हुन् । उनको शासनकाल सन् १९६७ मा सुरु भएको थियो र अहिले ५३ वर्ष पुगिसकेको छ । ब्रुनाइका राजामा शासनको एकाधिकार कायम छ । उनी राजामात्र नभई देशका प्रधानमन्त्री, रक्षामन्त्री तथा अर्थमन्त्रीसमेत हुन् ।

ब्रुनाइको राजदरबार विश्वको सबैभन्दा ठूलो राजदरबार पनि हो । उक्त राजदरबारमा १७ सय ८८ वटा कोठाहरु छन् । त्यस्तै २५७ वटा बाथरुम, ५ वटा स्विमिंग पुल र ११० वटा कार अट्ने ग्यारेजसमेत दरबारमा रहेको छ ।

साढे २१ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको यो दरबारले विश्वको सबैभन्दा ठूलो आवासीय दरबारको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

ब्रुनाइलाई पूर्वको भेनिस पनि भनिन्छ । भेनिसलाई समुद्रमाथिको सहर भनिएजस्तै ब्रुनाइको काम्पोंग आयर बस्ती ब्रुनाइ नदीमाथि बनाइएको छ । नदीमा काठका थाम हालेर नदीमाथि घर ठडाइएको छ । एजेन्सी



source https://www.onlinekhabar.com/2020/05/861297

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More