Sunday, 3 May 2020

फ्रान्सले बनायो ‘स्टप कोभिड’ एप

काठमाडौं । फ्रान्स सरकारले ‘स्टप कोभिड’ नामको मोबाइल एप लन्च गर्ने तयारी गरिएको छ । ११ मेदेखि ‘स्टप कोभिड’ एप सार्वजनिक गर्ने तयारी सरकारले गरेको हो ।

यो एपको सहयोगमा डाक्टरहरुले व्यक्तिको सम्पर्कमा नआइकन त्यो व्यक्तिमा कोरोना छ कि छैन भनेर पत्ता लगाउन सक्नेछन् । खासगरी यो एप कन्ट्याक्ट ट्रेसिङमा सहयोगी हुने बताइएको छ ।

फ्रान्सको डिजिटल अफेयर्स मन्त्री सेड्रिक ओले भनेका छन्, ‘यो एपले कोरोना भाइरसलाई नियन्त्रणमा लिन अहम भूमिका खेल्नेछ ।’ प्रधानमन्त्री इम्मानुयल म्याक्रोको किचेन क्याबिनेट मन्त्रीसमेत रहेका सेड्रिकले यो एप जादूको छडीजस्तो नभए पनि फाइदाजनक हुने उनको भनाइ छ ।

फ्रान्समा कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन धेरै मानिसहरुको नमूना संकलन गरेर परीक्षण गर्ने क्रम जारी छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार फ्रान्समा १ लाख ६८ हजार ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ हजार ८ सय ६४ जनाको मृत्यु भएको छ ।



source https://www.onlinekhabar.com/2020/05/860653

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More