Monday, 1 June 2020

गर्भावस्थामा ध्रमपान गर्दा रोगी शिशु जन्मने खतरा

सन् २०१८ को विश्व स्वास्थ्य संघको फ्याक्टसिट अनुसार १५ बर्ष देखि ६५ बर्षको कुल जनसंख्याको ३० दशमलव ८ प्रतिसतले धुम्रपान सेवन गर्ने रहेछ र महिलाहरुमा यो उमेर समुहको संख्या कुल जनसंख्याको १४ दशमलव १ प्रतिसत रहेको देखिन्छ ।

अधिकांश अमेरिकी महिला चुरोट सेवन गर्ने गरेको भए तापनि उनीहरु गर्भको योजना बनाए पछि चुरोट पिउन छोड्ने रहेछ ।  सन् २०१६मा अमेरिका गरिएको अध्ययन अनुसार, अमेरिकामा करिब ९ दशमलव ४ प्रतिसत महिलाले गर्भवती हुनु अगाडि चुरोट सेवन गर्ने गरेको देखाएको छ । तर, गर्भवती हुने बित्तिकै (पहिलो ३ महिनामा)  ७ दशमलव १ प्रतिसत र ३ महिना पछि ६ दशमलव १ प्रतिसतले मात्र चुरोट पिउने गरेको तथा ५ दशमलव ७ प्रतिसत महिलाले गर्भको अन्त अर्थात सुत्केरी हुँदा समेत चुरोट पिउने गरेको सो अधययनले देखाएको छ ।

चुरोटमा के हुन्छ ?

धुम्रपानमा चार हजार भन्दा बढि हानिकारक रसायनहरु हुन्छन्, जसमध्ये २०० देखि ४०० तत्वहरु अत्याधिक बिषालु र ४० प्रकारका तत्वले क्यान्सर गराउन सक्ने हुन्छन् । चुरोटमा भएका टार, पोलिसाइक्लिक एरोमाटिक हाईड्रोकार्बन, नाईट्रोसमाइन जस्ता रसायनहरुले क्यान्सर उत्पन्न गराउने हुन्छ भने निकोटिन र फेनोल जस्ता रसायनहरुले क्यान्सरको बृद्धि गर्ने हुन्छ । त्यसैले चुरोटको शेवनले बिभिन्न किशिमका क्यान्सरहरु हुुने हुन्छ ।

डा. बालकृष्ण साह

धुम्रपानले क्यान्सर गराउँछ भन्ने जानकारी धेरैलाई होला तर यसले गर्भ वा गर्भवतीमा कस्तो असर गर्न सक्छन् यसबारे अनभिज्ञ रहने गरेको पाईन्छ ।

गर्भावस्थामा धुम्रपान

धुम्रपान र गर्भ एकअर्काको परम शत्रु हो र यो दुईलाई नमिलाएको नै राम्रो भनिन्छ । पहिलो कुरा त अत्याधिक धुम्रपान सेवन गर्नेहरुमा बाझोपनको समस्या रहने गरेको पाईन्छ । धुम्रपानमा हुने रसायनहरु मुख्यतयः निकोटिनले एकातिर पुरुषको सुक्रकिटलाई कमजोर बनाउने हुन्छ भने अर्कातिर अण्डलाई पनि कमजोर र पाठेघरको भित्रितहमा असर गरेकाले गर्भलाई पाठेघरमा टासिन (ईन्प्लान्टेसन) नदिने र हुर्कन नदिने सम्भावना रहन्छ ।

धुम्रपानको सेवन गर्नेहरुमा बाझोपनलाई समाधान गर्दै गर्भ रहे पनि ति गर्भको भ्रुणहरुको विकास राम्रो नहुने, तौल राम्ररी नबढ्ने, खुडे हुने, कम तौल तथा गर्भको अवधी नपुग्दै जन्मिने र कुनै कुनै अवस्थामा मृत बच्चा जन्मिने वा जन्मिने बित्तिकै मर्ने हुन सक्ने अध्ययनहरुले देखाएको छ ।  यस्ता महिलाहरुबाट जन्मिएको बच्चाहरुमा आखा तथा कानको विकासमा कमि हुन सक्ने भएकाले दृष्टि, श्रवण शक्ति कमजोर रहने सुस्त मनस्थितीको हुने जस्ता दिर्धकालिन असरहरु पनि हुन सक्ने सम्भावना रहन्छन् ।

धुम्रपानको सेवनले अण्डबाहिनी नलीको चालमा असर गर्ने भएकाले ‘ईक्टोपिक प्रेग्नेन्सी’ हुन सक्ने सम्भावना रहन्छ । गर्भ रहनु भनेको पुरुषको शुक्रकिट र महिलाको अण्डको उर्वरिकरण (फर्टिलाईजेसन) हुनु हो र यो महिलाको अण्डवाहिनी नलीमा हुन्छ । फर्टिलाईजेसन पछि बनेको जाईगोट(गर्भ) पाठेघरमा टासिन्छ ९ईन्प्लान्ट हुन्छ० र पाठेघरमा भु्रणको रुपमा विकाश हुन्छ । तर जाइगोट पाठेघरमा नटासिएर अन्य कुनै भागमा ९बिशेषतः अण्डवाहिनी नलीमा टासिनु (ईन्प्लान्ट हुनु) लाई ईक्टोपिक प्रिग्नेन्सी भनिन्छ । समान्यतयः यस किसिमको समस्या १ प्रतिसत गर्भमा देखिन सक्छ र यो गम्भिर समस्या हो । त्यस्तै यसको सेवनले शालनाल पाठेघरको मुखमा टासिने (प्लासेन्टा प्रिभिया) हुन सक्ने र यसैको कारण अत्याधिक रक्तश्राव हुने सम्भावना रहन्छ ।

त्यसै पनि चुरोट तथा अन्य यस्ता धुम्रपानको सेवनले बिभिन्न किसिमका दिर्धरोगहरुको जन्म दिन्छ । यस्ता रोगहरुको उपचार सजिलो छैन । यस्ता रोगहरुको उपचार लामो समयसम्म गर्नु पर्ने भएकोले महंगो  पनि हुन्छ । तर धुम्रपानको शेवन नगर्नाले यस्ता रोग लाग्ने सम्भावाना निकै कम हुने भएकोले समयमा नै धुम्रपानलाई त्याग्नु नै बुद्धिमानी साबित हुन्छ । गर्भावस्थामा त झन धुम्रपान गर्ने हुदैन । आफुले गर्भको योजना बनाउने बित्तिकै अर्थात गर्भवती हुनु भन्दा अगाडि नै धुम्रपान छोड्नु राम्रो हो । यदि धुम्रपानको लत रहेको वा यो छोड्नु अगाडि नै गर्भ रहयो भने पनि आत्तिनु हुदैन र थाहा पाउने बित्तिकै धुम्रपानलाई त्याग्नु पर्छ । सुन्दर भविष्य अनि स्वस्थ्य सन्तानका लागि धुम्रपान, मद्दपान त्याग्नु अनि नियमित व्यायाम र खानपानमा राम्रो ध्यान पु¥याउनु महत्वपुर्ण मानिन्छ ।

प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ, मोरङ्ग सहकारी अस्पताल, बिराटनगर



source https://www.onlinekhabar.com/2020/06/869605

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More